चैत्र १७,बारा । आईतवार बारामा आएको भिषण आँधी हुरीमा परेर बारामा २५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २५ जनाको मृत्यु भएको हो ।
आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशन दिएका छन ।
हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारी सहित प्रधानमन्त्री ओलीद्वारा मृत्युबरण गर्नेहरू प्रति शोकव्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।