प्रहरीबाटै प्रदेश २ मा एसईईको प्रश्नपत्र आउट, दुई प्रहरीलाई हतकडी लगाएर काठमाडौँ ल्याइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत २०, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ।

घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी० ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।

यसलाई व्यरो र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए।

दुबै समितिले अनुसन्धान जारी रहेको बताइरहेको बेला सीआईबीले दुई प्रहरी जबानलाई नियन्त्रणमा लिएको हो।

एक प्रहरी उच्च अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुबैलाई हटकडी लगाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस