चैत्र २८,काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार सिराहा जिल्लामा चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरेका छन ।
राजनीतिक तथा सामुदायिक अगुवा एवम् भारत–नेपाल निकटका बहुसंख्यक मित्रहरुका साथ नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य, कोषाध्यक्ष तथा चन्ı नारायण मेमोरियल ट्रस्टका अध्यक्ष सीता देवी यादवले उक्त उद्घाटन समारोहमा उपस्थिति जनाए ।
सिराहा जिल्ला र यस वरिपरिका ५० गा.वि.सहरुका जनताहरुको मातृत्व तथा स्वास्थ्य सेवामा पहुच प्रदान गर्न सकियोस भन्ने हेतुले उक्त अस्पतालको निर्माण गरिएको छ । गुणस्तरिय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित न लाभ÷न घाटा सिद्धान्त अन्तर्गत चन्द्र नारायण यादव मेमोरियल ट्रस्टद्वारा अस्पताल सञ्चालित छ ।
२५ शैयाहरु भएका्े यस नव निर्मित मातृत्व अस्पताल भवन भारतीय सरकारको रु २.६९ करोड अनुदान सहयोगमा निर्माण भएको हो । यस परियोजनामा चिकित्सकीय उपकरणहरु जस्तै अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा र भुइँ तल्लामा शौचालय तथा आइसीयु, सीसीयु, र मेजर ओटी रहेका छन् ।
यस नव निर्मित संरचनाले सिराहा जिल्ला र यस वरिपरिका जिल्लाहरुका जनताहरुको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार प्रदान गर्नुका साथै मातृत्व तथा बाल मृत्युदर घटाउन सहयोग पु¥याउनेछ