आरोहणका लागि सगरमाथाको ‘क्याम्प टू’सम्म डोरी टाँगियो

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । यो सिजनमा सगरमाथा आरोहण गर्न क्याम्प टूसम्म डोरी टाँग्ने काम सकिएको छ । हरेक वर्ष आरोहणको सिजनअघि सगरमाथा नियन्त्रण समितिले क्याम्प टूसम्म डोरी टाँग्ने र भ-याङ राख्ने काम गर्ने समितिकी सञ्चार अधिकृत याङ्जी शेर्पाले जानकारी दिइन् । उनका अनुसार यही डोरी र भ-याङको सहायताले आरोही सगरमाथातर्फ जाने गर्छन् । उनले भनिन्, ‘दशजना आइसफल डाक्टरहरूको सक्रियतामा क्याम्प टूसम्म डोरी टाँग्ने र भ-याङ राख्ने काम सकिएको छ ।’

क्याम्प टूबाट चुचुरोसम्म भने बिहीबारसम्ममा डोरी राख्न सामान लैजाने तयारी भएको पर्वतारोहण सञ्चालक संघले जनाएको छ । क्याम्प टूभन्दा माथि डोरी राख्ने र बाटो बनाउने कामको जिम्मा संघले लिएको अध्यक्ष डम्बर पराजुलीले बताए । उनका अनुसार मौसम अनुकूल भएमा बिहीबारसम्ममा आवश्यक समान हेलिकोप्टरबाट क्याम्प टूमा लगिनेछ । यसका लागि १ करोडभन्दा बढी खर्च हुने उनले बताए । आरोही नझुक्किऊन भनेर हरेक वर्ष डोरीको रङ परिवर्तन गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस