सूचनामा एप्सको प्रयोग बढ्दै, फेरिँदै मानिसको जीवनशैली

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ बैशाख ५, बिहिबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

बैशाख ५, काठमाडौँ । नेपालमा कुनै समय यस्तो थियो, आफन्त भेट्न दिनहुँ हिँडेर पुग्नुपथ्र्यो।

हिँड्दा हिँड्दै बाटो पत्ता नलागेर अलपत्र हुनुपथ्र्यो। तर, अब समय र प्रविधिले फड्को मारेको छ।

एउटा सुविधा सम्पन्न मोवाइलबाट लोकेसन, घर सुहाउँदो पेन्टिङ रंग, राम्रो अस्पताल, रेस्टुँरा, होटल, ट्याक्सी फेयर्स, बैँक एकाउन्ट, नेप्सेको लगानीको जानकारी जहाँ पुगेपनि थाहा पाउन सकिन्छ।

केही युवा जनशक्तिको प्रविधिमा मेहनत र झुकाबले हजारौँ मानिसको जीवनशैली फेरिदिएको छ।

नेपालमा मोबाइल फोन प्रयोगकर्ताको संख्या बढेसँगै गुगल प्ले स्टोरबाट एप्स डाउनलोड हुनेक्रम पनि बढेको छ।

मोबाइल एप्सले मानिसको दैनिक जीवनशैली सहज बनाउने मात्र नभई व्यवसायिक तथा आर्थिक क्रियाकलापमा समेत सघाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस