डडेल्धुराको साउखर्कमा बस दुर्घटना : ६ जनाको मृत्यु , २० जनाभन्दा बढी घाइते

Post Thumbnail

बैशाख १०,काठमाडौँ । डडेल्धुराको साउखर्कमा बस दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ । बस सडकबाट दुई सय मिटर तल खसेको छ । २० जनाभन्दा बढी घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बुधबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलतर्फ प्रहरी गएको छ । थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस