तीनपानेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु !

Post Thumbnail

बैशाख १७,ललितपुर । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

तीनपानेबाट भट्टेडाँडा जान लागेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस