मिस नेपाल २०१९ को ताज अनुष्कालाई

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख २७, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २७, काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए । अनुष्काले सात जनालाई पछि पार्दै ‘मिस नेपाल २०१९’को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यस्तै ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले हात पारेकी छिन् । त्यस्तै यसपटक मिस नेपाल सुप्रानेशनल भनेर नयाँ उपाधि पनि थपिएकोमा उक्त ताज रोज लामाले पहिरिन् ।

प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् ।

अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करण हो ।

उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस