नेपालगन्जमा ‘लु’ चल्न थाल्यो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ बैशाख २९, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाडौँ । नेपालगन्जमा विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ। शनिबार वर्षकै सर्वाधिक गर्मी ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ।

जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार विगत एक सातादेखि ३९ देखि ४३.५ डिग्रीसम्म तापक्रम पुगेको छ।

शुक्रबार ४३ डिग्री तापक्रम रहेको नेपालगन्जमा शनिबार यो वर्षकै सर्वाधिक तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो। न्यूनतम् तापक्रम भने २२.३ डिग्री सेल्सियस मात्र छ।

लु चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो आवत जावत घटेको छ। घरमै बस्दा पनि पंखाले समेत तातो हावा फाल्ने गरेको छ। गर्मी बढ्दै गएकाले नेपालगन्जमा दहीको लस्सी, उखुँको जुस, आइसक्रिम, बदामसेक जस्ता पेय पदार्थ र खबरबुझा, तरबुझा, काँक्राको बजार बढेको छ।

‘नेपालगन्जमा सात दिनदेखि पश्चिमी तातो हावा (लु) चलिरहेको छ। न्यूनतम् तापक्रम पनि बढेकाले रातिको समयमा पनि गर्मी हुनेछ’, हावापानी फिल्ड कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसियाले भने, ‘शनिबार नेपालगन्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो। जुन अघिल्ला वर्षको यही अवधिको तापक्रम भन्दा धेरै हो। अझै तापक्रम बढ्ने देखिन्छ।’

नेपालगन्जमा सन् २०१२ जुन १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो। यहाँको न्यूनतम् तापक्रम नै २७ डिग्री सेल्सियससम्म पुग्छ।

ताजा अपडेट

खोजी गर्नुहोस