रुपन्देहीमा गोली चल्याे, भारतीयको आक्रमणमा ३ प्रहरी घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश युवकले सादा पोशाकका प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए । प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते भएको डीएसपी भण्डारीले बताए ।

प्रहरीले १ जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस