जेठ १०,हुम्ला । घण्टी जान्छ, उताको आवाज केही सुनिदैन । कहिलेकाँही सम्पर्क भए पनि काटिने गर्छ तर पैसा भने खर्च भएको देखाउछ ।
दुई महिना अगाडी नेपाल टेलिकमद्धारा सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को लेख गाउँमा स्थापना गरिएको मोबाईल टावरले राम्रोसंग काम नगर्दा यो समस्या सर्केगार्ड २ र ३ का बासिन्दाहरुले व्यहोर्दे आएका छन ।
के कारणले यस्तो भएको हो नेपाल टेलिकम भने यसमा बेखबर जस्तै रहेको छ । सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का लोक बहादुर फडेराले गुनासो गरे । यसले गर्दा चार सय घरधुरीका जनताहरु प्रत्यक्ष रुपमा समस्यामा परेको उनले बताए । त्यसैले गर्दा फोन गर्नुु पर्यो भने स्थानीय बासिन्दाहरु डेढ घण्टा पैदल हिडेर सर्केगार्ड जाने गरेको उनले बताए ।