सन्दर्भ महिला दिवस : धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई तालिम

Post Thumbnail

जेठ १६,धादिङ । महिलाको क्षमता विकास गरि विकासको नेतृत्व गर्न सक्ने बनाउने उद्येश्यले ३ न. प्रदेशको सामाजिक विकास मन्त्रालयले धादिङका सबै महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिएको छ ।

आगामी वर्षदेखि महिला अधिकार र विकासका लागि योजना निर्माण र कार्यान्वयनमा लग्न सक्रिय गराइ महिलाहरुको अगुवाइमा विकासका काम गरि पछाडी पारिएका समुदायको विकासका लागि तालिम दिइएको हो ।

धादिङबेसीमा एकै पटक संचालित ५ दिने क्षमता अभिवृद्धि तालिम पछि महिलाहरु उत्साही भएको र महिला अधिकारका लागि उनिहरु लागि पर्ने बताएका छन् ।

११ गाउँपालिका र २ नगरपालिकाका ३ सय महिला जनप्रतिनिधि र महिला कर्मचारीले एक साथ धादिङबेसीमा तालिम लिएपछि महिला नेताहरुले लैंगिक मैत्री बजेट, विकास र विकास योजना निर्माण तथा महिलामाथी हुने सबैकिसिमका भेदभाव र अपराध विरुद्ध टोलतहबाट नै योजना निर्माण गरि लागु गर्न सक्षम भएको सामाजिक विकास मन्त्रालयका स्किम श्रेठले बताए।

विकासका सामाजिक अन्तरसम्बन्धी मुद्दाहरु र स्थानिय तहको भुमिका, सामाजिक परिचालनको महत्व तथा यसको अभ्यास, वपदमा महिला तथा बालबालिका संरक्षणका सवालहरु साथै संरक्षण विषयगत क्षेत्रका कार्यहरु र स्थानिय तहको भुमिका, नेतृत्व विकास, लैंगिक विभेद, लैंगिक उत्तरदायि बजेट, लैंगिक परिक्षण, मानव वेचविखन तथा यस सम्बन्धि व्यवस्था, मुलुकी देवानी (संहिता) ऐन २०७४ मा महिला तथा बालबालिका सम्बन्धि व्यवस्था, घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था, समुदायमा आधारित संरक्षण प्रणाली तथा बाल संरक्षमा स्थानिय तहको भुमिका, पितृसत्ताले महिलाको समग्र विकासमा पारेको असर लगायतको १५ विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो ।

सिताराम अधिकारी/रासस

ताजा अपडेट

खोजी गर्नुहोस