चट्याङ लागेर मकवानपुरमा एक युवतीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १९, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १९, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ बुङ्दलमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। शनिबार साँझ परेको चट्याङ लागेर २६ वर्षीया विमला घलानको मृत्यु भएको हो।

यस्तै सोही ठाउँकी २६ वर्षीया कान्छी स्याङ्तान घाइते भएकी छिन्। चट्याङका कारण स्थानीय सन्तलाल दोङको घरमा क्षति भएका छ।

घाइते स्याङतानको उपचार हेटौँडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जनाकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस