जेठ २४,कैलाली । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्याएको छ । अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । यस्तै रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।
हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।
हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका प्रमुख गिरीले जानकारी दिए ।
ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् ।