पृथ्वी राजमार्गमा पहिरो हटाइयो, सवारीको चाप कायमै

Post Thumbnail

जेठ २४,धादिङ । देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्गको सवारी आवागमन सुचारु भएको छ । राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा बिहान ३ बजेदेखि सवारी आवागमन अवरुद्ध थियो । विहान ९ बजेर ३० मिनेटमा माटोको लेदो हटाइएपछि सवारी सञ्चालनमा आएको गजुरी प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज ढुंगेलले अनलाईन केन्द्रलाई जानकारी दिए । पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो ।

बिहान करिब ३ः३० बजे खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको थियो । लामो समयदेखि सवारी रोकिएकाले अहिले राजमार्गमा सवारीको लामो लाइन बनेको छ ।

पृथ्वी राजमार्ग खासगरी नारायणगढ–मुग्लिन सडक खण्डमा चल्ने सवारीका लागि पहिरो टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यो राजमार्गका विभिन्न सडक खण्डको स्तरोन्नति गरिएपछि पहिरोको समस्या हट्ने अनुमान थियो । तर, सामान्य वर्षा हुँदासमेत पहिरो खस्ने पुरानो रोग पुनः दोहोरिन थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस