शंखमुलस्थित मःम पसलमा आगलागी : एक जना घाइते

Post Thumbnail

जेठ २८,काठमाडौँ । राजधानीको शंखमुलमा आगलागी भएको छ । शंखमुलमा रहेको सानदार मःम पसलमा मंगलबार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट एक जना घाइते भएको र ग्यास लिक हुँदा सो घटना हुन पुगेको प्रहरीको भनाई छ । घाइतेको बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको छ ।

आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस