मेयर शाक्यद्धारा न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुभारम्भ ! पार्किङको लागि यसरी बुक गर्न सकनेछ

Post Thumbnail

असार १,काठमाडौँ । काठमाडौँ महानगरका मेयर बिद्ययासुन्दर शाक्यले राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुभारम्भ गरेका छन । आइतबार एक विशेष समारोहका बीच शाक्यले स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् । स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने मेयर शाक्यले विश्वास व्यक्त गरे ।

‘अहिले महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको छ । यो व्यवस्थासँगै अब न्यूरोड क्षेत्रमा सहज रुपमा पार्किङको सुविधा लिन सक्नुहुनेछ भन्ने विश्वास महानगरले लिएको छ ।’
शाक्यले निकट भविष्यमै स्मार्टपार्किङ अन्य स्थानमा पनि विस्तार गरिँदै लैजाने सो क्रममा बताए । महानगरलाई व्यवस्थित बनाउन आफू प्रयासरत रहेको बताउँदै शाक्यले स्मार्ट पार्किङपनि यही अभियानको एउटा हिस्सा भएको बताए ।

स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध रहेको जनाएको छ । त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रूलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।

पार्किङको लागि यसरी बुक गर्न सकनेछ

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।

पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुने ह्विल्स ट्रुलीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ । मोटरसाइकलको लागि एक घन्टाको २५ रुपैयाँ र गाडीको लागि ८० रुपैयाँ शुल्क लाग्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस