असार ४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले कलंकीस्थित मालपोत कार्यालयमालाई ‘नमूना कार्यालय’ घोषणा गरेका छन। ‘नमूना मालपोत कार्यालय’ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्रै होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिने छ ।’प्रधानमन्त्री ओलीले अबको दुई बर्षभित्र देशका सबै मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए । प्रधानमन्त्री ओलीले नमूना मालपोत कार्यालयको उदघाटन गर्दै देशैभरि छिटो छरितो काम हुने बताए ।