शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न : ईमान्दारिताका साथ पत्रकारितामा लाग्न स्वामी अरुणको आग्रह

Post Thumbnail

असार ८,काठमाडौँ । शिवपुरी मिडिया नेटवर्कले आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा शिवपुरी मिडिया नेटवर्क प्रा.लि.को तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता रहेको थियो ।नेपाल पुलिस क्लवमा शनिबार आयोजित उक्त कार्यक्रममा शिवपुरी मिडिया नेटवर्क प्रा.लि. ले प्रकाशन गरेको स्मारिका विमोचन तथा अपाङ्गता सहायता कोषको घोषणा र शिवपुरी मिडिया सम्मान समेत गरेका थियो ।

उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै ब्रम कुमारी कुसुमले क्रान्तिकारी परिवर्तनमा मिडियाको विशिस्ट योगदान रहेको बताउँदै सत्य, तथ्य र निस्पक्ष समाचार मार्फत मानवमा नयाँ जोस, जाँगर र उमङ्ग भरि सत्य अहिंसा तथा स्वर्णिम सञ्सारमा परिणत गर्न यो मिडिया अगाढि बढोस् भनि शुभकामना दिएका थिए ।

कार्यक्रमको दौरानमा प्रमुख अतिथि स्वामी आनन्द अरुणले शारिरिक अपाङ्गताका बाबजुत पनि निरन्तर पत्रकारितामा सक्रिय रहने पत्रकारहरुमा सम्मान व्यक्त गरेका थिए । मौलिक संस्कृतिहरुले भरिपुर्ण हाम्रो समाजमा मिडियाले संस्कृति संरक्षणमा समेत योगदान गर्नुपर्ने उनले धारणा थियो।

ईमान्दारिताका साथ पत्रकारिता आजको दायित्व हो र उन्नतीको माध्यम पत्रकारिता रहेकोले गरिवी, भष्टचार, न्याय र सत्यको लागि मिडियाको भूमिका रहनुपर्ने कुरामा स्वामी आनन्द अरुणको जोड रहेको थियो । कार्यक्रमा विभिन्न क्षेत्रका १२ जना भन्दा बढीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कारोवार दैनिकका गजेन्द्र बुढाथोकी, कृषि क्षेत्रमा योगदान गर्ने रामप्रसाद पुडासैनी, तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष बलराम सिटौला, पत्रकार विकास थपलिया, मुकुन्द कालिकोटे, बलराम खड्का, चन्द्रिका आचार्य, अनुज कुमार श्रेष्ठ, नजिर हुसैन माधव प्रकाश सुवेदी तथा पत्रकार राजु भट्ट लगायत रहेका छन् ।

कार्यक्रममा विभिन्न सांगितिक तथा भजन लगायत सांस्कृतिक प्रस्तुती र शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको हजुरबुबाको ९९ औं जन्मोत्सव समेत मनाइएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस