त्रिवी विमानस्थलमा ५० हजार बोट गाँजा फाँडियो, ७१ जना प्रहरी टोली परिचालन

Post Thumbnail

असार ८,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन भयो ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी टोलीले विमानस्थल वरपरको क्षेत्रमा गाँजाको झाडी खोज्यो । आइतबार विमानस्थल क्षेत्रभित्रै झण्डै ५० हजार बोट गाँजा फाँडिएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो सयममा प्रहरीले काठमाडौं आसपास नै गाँजा खेति गरिएको र आफैं उम्रिएका बोटहरु पनि संरक्षण गरेर राख्ने गरेको भेटाउने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस