असार २ज्ञ,काठमाडौँ । काठमाण्डौमा भर्खरै भूकम्पको धक्का महसु्स भएको छ ।
शनिबार दिउँसो ४ बजेर १६ मिनेटमा भक्तपुर केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का काठमाण्डौ उपत्यकासहित वरपरका जिल्लामा पनि महसुस गरिएको छ । भूकम्पपछि काठमाण्डौका नागरिक घर छाडेर बाहिर निस्किएका थिए ।