ललितपुर महानगरद्वारा अपांगता परिचयपत्र वितरण सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २६, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । ललितपुर महानगरपालिकाले बुधबारदेखि अपांगता परिचयपत्र वितरण सुरु गरेको छ ।

परिचयपत्रलाई पूर्ण अशक्त, अति अशक्त, मध्य अपांगता र सामान्य अपांगता गरी चार वर्गमा विभाजन गरिएको छ ।

अपांगता परिचयपत्र लिन महानगरपालिका परिसरमा झन्डै १०० भन्दा बढी अपांगता भएका व्यक्ति पुगेका थिए ।

परिचयपत्र वितरणको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाभित्र निर्माण गरिने भवनहरुको पहिलो तला अपांगतामैत्री हुनुपर्ने बताए ।

कार्यक्रममा लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष भोजराज श्रेष्ठले अपांगता भएकाहरुलाई पनि सरकारले समान दृष्टिकोणले हेर्न आग्रह गरे ।

महानगरपालिकाले प्रत्येक बिहीबार महानगरपालिकाको कार्यालमा अपांगता परिचयपत्र वितरण गर्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस