जिल्ला डुबेपछि रौतहटवासीको रोदन :’यस्तो सम्बन्ध चाँहिदैन,‘कस्तो निर्दयी रहेछन् भन्ने बल्ल बुझियो’

Post Thumbnail

असार २८,रौतहट । भारतले बाँध नखोलेपछि डुबानमा परेका रौतहटबासीले भारतीय रवैयाको चर्को आलोचना गरेका छन । भरिएको पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन् ।

पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको अहिले चर्को बिरोध भैरहेको छ । फेसबुक,ट्विटर प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

भारतीय पक्षले दशगजा क्षेत्रमा बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

पानीको निकासका लागि बाँधका ढोका खोलिदिन प्रमुख जिल्ला अधिकारी किरण थापाले आफ्ना समकक्षीलाई पटक–पटक आग्रह गरे पनि बाँधको ढोका नखोलेको बताए ‘मैले पटक–पटक बाँध खोलिदिन आग्रह गरेको हो, थापाले भने, ‘तर नखोलिदिँदा समस्या भयो ।’

लक्ष्मीपुर बेलबिछ्वाको बाँध पानीले पार गर्न करिब अढाइ फुट मात्र बाँकी छ । यदि त्यो बाँध फुट्यो भने भारतीय बजारहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्ती बगाउने गौरबासी बताउँछन् ।

यद्यपि बाँध क्षेत्रमा भारतले उल्लेख्य संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ । तर, पानीको निकास खोल्नुको सट्टा बाँधको सुरक्षामा टोली खटाएको भन्दै भारतको आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा रौतहटवासीले यस्तो लेखेका छन-

फेसबुकमा मदन ठाकुर लेख्छन्, ‘कस्तो निर्दयी रहेछन् भन्ने बल्ल बुझियो । ‘। घाँटी थिचिथिची मारिरहेका छन् हामीलाई । बेलैमा ध्यान पुर्‍याऊ सरकार ।’

राही चन्चलले बाँध भत्काउन नेपाल सरकारलाई सुझाव दिएका छन् । उनी लेख्छन्, ‘छिमेकी भारतको बैरगनिया र गौरको बीचमा रहेको बाँध भत्काउनुपर्यो सरकार । अन्यथा रौतहटबासीको श्राप लाग्ने छ ।’

शम्भु साहले रोटीबेटीको सम्बन्ध यस्तै हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस