असार २९, काठमाडौँ । नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीब्रता पाएका छन्।
जसका कारण काठमाडौँ, ललितपुर र भत्तपुर नै जोखिममा पर्न सक्ने भय वढ्दै गएको छ।
गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो। डुबानले एक अर्ब बराबरको क्षति भएको थियो।
बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विपदविद् मधुकर उपाध्याय बताउँछन्।
मानिसले खोला खोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको उनको भनाई छ।
सस्तो भन्दै किनारामा जग्गा किनेर घर बनाउनेहरु उपत्यकामा बाढीको जोखिममा पर्दै गएका छन्।