साउन ६, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रकारुपमा मान्यता दिएको छ ।
अस्पतालको २५औं वार्षिकोत्सवका अवसरमा सोमबार संगठनले आँखारोगको उपचारमा अस्पतालले ठूलो फड्को मार्न सफल भएको भन्दै आफ्नो समन्वय केन्द्र घोषणा गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा आँखा स्वास्थ्य सेवा, शैक्षिक तालिम तथा प्राविधिक जनशक्ति, उत्पादन र अनुसन्धान सेवा गरेवापत संगठनले समन्वय केन्द्रकारुपमा मान्यता दिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आँखा उपचारका लागि विश्वमै अग्रस्थान हासिल गरेको भन्दै अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरे ।