कर्णाली राजमार्गमा दर्जर्नौ ठाउँमा पहिरो ! सवारी साधन चल्न सकेनन्

Post Thumbnail

साउन ८,कालिकोट । कालीकोटमा भारी वर्षाका कारण कर्णाली राजमार्गको दर्जन बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ । मङ्गलबार देखिको भारी वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो राजमार्ग अबरुद्ध भएको हो । कर्णाली राजमार्ग अबरुद्ध भएपछि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका छैनन् । भने कर्णाली राजमार्गमा पहिरो खस्दा यात्रा गर्ने यात्रुलाई निकै जोखिमपूर्ण बनेको छ ।

कर्णाली राजमार्गको दैलेख सडक खण्डको तल्लो ढुङगेश्वरमा ३ ठाउँमा पालतडामा १ ठाउँमा राचुली, सुनार खोला, कालिकोट र दैलेखको सिमाना नजीकको घट्टेखोला, जिल्लाको शुभकालिका गाउँपालिकास्थित गगने खोला, जिल्ला सदरमुकाम नजीकैको सुनार खोला, मोल्फा, पिली, खल्लागाडलगायतका एक दर्जन बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

गगने खोलाको भीरमा वर्षेनी वर्षायाममा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्ष पनि गगनेको भीरमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । ठूलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पुरै भत्काई सडक अवरुद्ध हुर्दै आएको हो । सामान्य पानी पर्दा पनि पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा संचालन हुने सवारी साधन तथा यात्रा गर्ने यात्रुहरुले वर्षेनी सास्ती खेप्नु परिरहेको छ ।

सडक विभागले कर्णाली राजमार्ग टाल्ने बाहेक पहिरो न्युनिकरणका लागि चासो नदेखाउदा वर्षेनी कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परीरहेको छ । कर्णाली राजमार्गअन्तरगत झण्डै एक दर्जन बढी ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा संचालन हुने सवारी साधन बीच बाटोमा अलपत्र परेका छन् ।

सडक अवरुद्ध भएपछि स्थानीय यात्रुहरु बीच बाटोमा रोकिएका छन् । वर्षायामको समयमा कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुलाई निर्धारित समयमा गन्तव्यमा पुग्नै मुस्किले हुने गरेको छ । जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगंज र नेपालगञ्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौं यात्रुहरु बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

कर्णाली राजमार्गलाई १ घण्टा पनि अवरुद्ध हुन नदिएको प्रहरी निरीक्षक नेत्र बुढाले बताउनुभयो । उहाँले कालिकोट सडक खण्डको पहिरो पन्छ्याइ सकिएको र दैलेखमा बाकी रहेको बताउनुभयो । वर्षेनी वर्षायाम लागेसँगै हरेक राति पहिरो खस्ने र बिहान पहिरो पन्छाएर सडक खुलाउने गरिएको भएपनि यस यो वर्ष कालीकोट सडक खण्डमा १ घण्टा पनि पहिरो रोकिन नदिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस