साउन ८, काठमाडौँँ । राजधानीको मुख्य केन्द्र रत्नपार्क क्षेत्रका सडकमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न सडक विभागका प्रमुख केशव कुमार शर्माले निर्देशन दिएका छन् ।
राजधानीको अति व्यस्त सडकमा रहेका खाल्डाखुल्डीका कारण हरेक दिन सडक दुर्घटना हुने गरेको छ ।
उक्त सडक क्षेत्रमा दिनहुँ दुर्घटना हुने गरेको तथा यात्रु–चालकलाई असहज भएपछि युवा संघ नेपालका नेता विष्णु त्रिपाठीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
https://www.facebook.com/photo.php?fbid=10157397539449111&set=a.10150257920364111&type=3
नेता त्रिपाठीको ध्यानाकर्षणलगत्तै सडक बिभागका प्रमुख शर्माले सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिएका हुन् ।
पानी पर्न रोकिनासाथ सडक मर्मतको काम सुरु गरिने उनले जानकारी दिए ।