काठमाडौँको कपुरधारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ श्रावण १०, शुक्रबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौँ । काठमाडौँको कपुरधारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका–२६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा तीन जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुग्दा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए।

दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखाका २३ वर्षीय मनोजकुमार खड्काको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार रहेका अन्य दुुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

ताजा अपडेट

खोजी गर्नुहोस