छोरी १६ वर्ष पुगेपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै सकड अबरुद्ध !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १५, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौँ । छोरी १६ वर्ष पुगेपछि विवाह गर्न पाउनु पर्ने माग गर्दै बाँकेमा मधेशी र मुस्लिम महिला आन्दोलित भएका छन्।

युवायुवती २० वर्ष पुगेपछि मात्र विवाह गर्न गराउन पाउने कानुनी प्रावधान मेधशी र मुस्लिम समुदायविरुद्ध भएको भन्दै उनीहरुले मंगलबार नेपालगञ्ज उपमहानगरपालिका अगाडि दुई घण्टा सडक अबरुद्ध बनाए।

छोरीको उमेर १६ वर्ष पूरा भएपछि बिहे गर्न पाउनुपर्ने माग गर्दै झण्डै तीन सय महिला नेपालगञ्ज आएको आन्दोलनको नेतृत्वकर्ता रामदेव मिश्रले बताए।

उनले मधेशी र मुस्लिम समुदायका एक दुई परिवारको मात्र समस्या नभई पूरै समुदायलाई कानुनले असर गरेको बताए।

खजुरा गाउँपालिका ५ रजनवाकी २२ वर्षीया शान्ति यादवले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्थाले आफ्नो समुदायका छोराछोरीको विवाह गर्न समस्या हुने बताइन्।

उमेर बढी भएकी छोरीलाई केटाले विवाह गर्न नमान्ने उनको भनाई छ।

ताजा अपडेट

खोजी गर्नुहोस