पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कागजात अख्तियारको नियन्त्रणमा

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ श्रावण १९, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ ।

अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमितता भएको उजुुरीका आधारमा छानविनका लागि आज कागजात नियन्त्रणमा लिइएको अख्तियार कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।

अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका लागि विभिन्न संस्थाले आवेदन दिए पनि अस्पतालका कर्मचारीहरुकै असल छिमेकी सहयोगी संस्थालाई दिने निर्णय गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस