कपडा सुकाउने क्रममा इनारमा खसेर महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ श्रावण २४, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २४, चितवन । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् ।

इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस