साउन २४,विरगञ्ज । वीरगञ्ज ‘बम’ विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज–४, विर्ता बजारमा बम विष्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।
घाइतेको नाम सार्वजनिक गरिएको छैन । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष जगत शाहले बताए ।
स्थानीय मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको जनाइएको छ । घटनामा हुने पनि घाइते भएको आशंका गरिएको छ ।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै, घटनास्थल पुगेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले बताए ।