हेटौँडामा बस दुर्घटना : एक जनाको मृत्यु, १५ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३१, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ३१, मकवानपु्र । हेटौँडा उपमहानगरपालिका– १९ नेवार पानीमा बस बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

दुर्घटनामा ज्यान गुमाउने सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका– ५ का ५८ वर्षीय मुकेश शर्मा रहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

घाइते १५ जनामध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको, चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस