भाद्र ४, काठमाडौँ । कानूनी राज्यमा कानूनलाई नै चुनौती दिँदै मनपरी बोल्ने नेतृत्वलाई बिना आधार खुइलाउने, केही काम गरेकै आधारमा राज्यलाई चुनौती दिनेलाई इतिहास कालदेखि वर्तमान काल र भोलि भविष्यमा पनि यस्ता पानीका फोकाजस्तो गतिविधि गर्ने विरुद्ध राज्य सधैं सचेत, सम्यम र बुद्धिमताकासाथ कानूनको आधारमा अगाडि बढ्नुपर्छ।
हिजो देशमा गणतन्त्रको नारा घन्किरहँदा विदेशमा ऐस आरमको जिन्दगी बिताउनेहरु आज तिनै शहीद, अपांग, घाइतेहरुले ल्याइदिएकाे स्वतन्त्रता माथि आज फेरि तिनै मान्छेहरु हुल बाँधेर देश लुट्न आउँदै छ्न्। हामीले ल्यइदिएको अधिकार माथि बिना लगानी बिना बलिदान तिनै अवसरवादीहरुले जनतालाइ दिग्भ्रमित पार्दै छ्न्। हो हिजो जनतालाई जुन आशा र विश्वास दिएकाे थियो त्यो पूरा भएको छैन । याे घामजस्तै छर्लङ्ग भएको छ ।
हामी प्रजातान्त्रिक पद्धतिद्वारा पाँच–पाँच वर्षमा चुनाव गरी कामका आधारमा हामीसँग नेता चुन्ने अधिकार छ । हामी सचेत नागरिक बनौं कि काम, गुण र दोषको आधामा हामीले हाम्रो नेता चुन्नु पर्छ । सडकबाट हाेइन अराजक भीडबाट हाेइन हामी सचेत नागरिक, सभ्य नागरिक, कानूनी राज्यको पालना गर्ने नागरिक बन्ने कि त्यसै उफ्रिने ? जुन र जस्तो घटनालाई पनि राज्य नेतृत्वलाई बदनामी गरेको छ।
निर्मला हत्याकाण्ड र रविको घटनामा कसरी राज्यको संलग्नता हुन्छ ? अनुसन्धानको क्रममा भएको लापरबाहीमा कसरी नेतृत्व दोषी हुन्छ, हिजो १२ हजार सेनाले सुरक्षा दियर बसेको पूर्व राजपरिवार पनि त सकिएकाे कुरा हाम्रो आँखा अगाडि छ । खै हत्यारा ? यसो भनेर हत्या पत्ता लाग्दैन भनेको हैन । तर यहाँ हाम्रो परिवर्तनको उपलब्धि गणतन्त्र, संघीयता, धर्म निरपेक्षको नयाँ सुरुवातको चरणमा नै हामी हाम्रो सबै उपलब्धि खोजिरहँदा परिवर्तन विरोधी शक्ति विभिन्न नाममा हामीलाई कमजाेर पारेर सबै उपलब्धि गुम्ने खतरातिर लैजाँदै छ्न्।
त्यसैले बौद्धिक जगत, स्वतन्त्र प्रेस, स्वतन्त्र नागरिक, प्रहरी प्रशसन, सबै राजनीतिक नेता तथा कायकर्ता संवेदनशील हुन जरुरी छ। त्यसैले सबै खाले अतिवादको अन्त्य गर्दै संघीय गणतन्त्र समाजवादको दिशामा अविलम्ब अगाडि बढ्न सबै पार्टीको नेतृत्वहरुलाई आह्वान गर्न चाहान्छु । सभ्य भाषामा सुझाव जस्तो पनि दिन सक्नु हुन्छ ।
–दिपेन्द्र बास्ताेलाकाे फेसबुकबाट साभार