चितवनमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि निषेधाज्ञा जारी गरेको हो ।

आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएपछि आज बयान तथा थुनछेक बहस हुनेछ । यद्यपि रवि लामिछाने निर्दोष रहेको भन्दै लगातार प्रदर्शन भइरहेको छ ।

आइतबार मुद्दा दायर गरेर जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल प्रहार गरेपछि झडप भएको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था देखा परेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै आज बिहान ६ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

आज बिहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने गरी स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस