भाद्र १३, काठमाडौं । एनसेल प्रालिले आयोजना गरेको सर्ट फिल्म कम्पेटिसनअन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको बुवा फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ। यो प्रतियोगिताको थिम ‘बुवा’ रहेको थियो।
बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलको साउनको तेस्रो साताबाट इच्छुक सर्ट फिल्म निर्माताबाट प्रतियोगितामा समावेश हुन आह्वान गरेको थियो।
प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभालाई चलचित्र निर्माणमा प्रोत्साहन गर्नु हो।