धुनिबेशी ४ बाह्रबिसे पुग्ने गरी बस सेवा सन्चालन

Post Thumbnail

भाद्र १३,काठमाडौँ । धादिङको धुनिबेशी ४ बाह्रबिसे पुग्ने गरी बस सेवा सन्चालन गरिएको छ । यस अघि जिवनपुर सम्म सञ्चालन हुने बस बाह्रबिसे सम्म सञ्चालन गरिएको वडा नम्बर ४ का अध्यक्ष हरि सुबेदीले बताए ।

वर्षा सकिएसँगै चाडपर्वलाई लक्षित गर्दै प्रभु यातायात प्रा।लि। नामको उक्त बस शुक्रबार देखी सञ्चालन गरिएको वडा अध्यक्ष सुबेदीको भनाई छ ।

उनका अनुसार बस मध्यान्ह १२ बजे सितापाईलाबाट छुटेर छत्रे–जिवनपुर–आचार्यपोखरी हुँदै बाह्रबिसे पुग्नेछ भने सोहि रुट हुँदै सोहि दिनको भोलिपल्ट बिहान ७ बजे बाह्रबिसेबाट छुट्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस