अछाममा जीप दुर्घटना: २ जनाको मृत्यु, ५ घाइते

  • अनलाइन केन्द्र
  • / विचित्र संसार /
  • २०७६ भाद्र १४, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १४, अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा शुक्रबार जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साँफेवगरबाट मेल्लेख गाउँपालिकाको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको गाउँपालिकाले जनाएको छ। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।

साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस