भाद्र १६,काठमाडौँ । गोल्डेन आई ग्रुप र साथीभाई समुहले पाँच गणेश दर्शन यात्रा कार्यक्रम गरेको छ । निरन्तर १० बर्षसम्म सञ्चालन हुँदै आएको पाँच गणेश यात्रा हरेक बर्ष गणेश जन्मिएका दिन गरिन्छ । काठमाडौ लगायत देशका विभिन्न जिल्लाका भक्तजनले काठमाडौमा रहेको अशोक विनायक, जलविनायक,ललितपुरमा पर्ने कार्यविनायक, भक्तपुरमा पर्ने सुर्यविनायक र कमलविनायकको दर्शन गरिएको कार्यक्रमका संयोजक तथा गोल्डेन आई ग्रुपका अध्यक्ष अरुण सिलवालले अनलाईन केन्द्रलाई जानकारी दिएका छन ।
गणेश यात्रापछि साथीभाई समुहका उपाध्यक्ष घनश्याम रिजालले आफु गतबर्ष देखी पाँच गणेश यात्रामा सहभागी हुँदै आएको बताए । उनले यसपाली यात्रा मात्रै नभई समुहले मानव कल्याण समाजलाई सहयोग गर्न पाउदा उत्साही भएको बताए ।
मानव कल्याण समाजलाई १२ हजार २ सय १५ सहयोग
साथीभाई समुह कलंकी र गोल्डेन आई ग्रुपको संयुक्त संयोजनमा भएको पाँच गणेश यात्राका क्रममा भक्तपुर चाँगुनाराणमा रहेको मानव सेवा समाजलाई १२ हजार २ सय १५रुपैया सहयोग प्रदान गरिएको छ । जसमा दर्शनार्थीहरुको तर्फबाट २१ सय रुपैयाँ प्रदिप विडारीको तर्फबाट १० हजार १५ रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
यात्राका क्रममा भएको सो सहयोग कार्यक्रम पछि बोल्दै गोल्डेन आई ग्रुपका अध्यक्ष अरुण सिलवालले सेवा नै धर्म रहेको बताए । साथीभाई समुहका सदस्य समेत रहेका विडारीले आफ्नो गाडीमा दानपात्र राखेर यात्रुलाई भाडा नलिई सो रकम दानपात्रमा राखिदिन आग्रह गरेको र केही समयको बचत नै आफुले समाजलाई सहयोग गरेको बताए ।
उनले वास्तवमै दिनदुखीको लागी सहयोग गर्न पाउदा मन प्रफुल्ल भएको बताए । सहयोगपछि संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईले अहिले आफुले ५० जनालाई राखेर लालनपालन गर्दै आएको बताईन । उनले विभिन्न व्यक्ति तथा संस्थाको साना सना सहयोगबाट अनाथहरुलाई आफुले सेवा गर्दै आईरहेको बताईन । उनले अनलाईन केन्द्रसंग भनिन–’मलाई दिन दुखीको सहयोग गर्न मन लाग्छ । यसैमा मलाई आनन्द छ ।’ उनले समाजभित्र अनाथ,बृद्ध,अपाङ्ग, व्यक्तित्वहरु रहेको बताईन । संस्थामा बेलाबेलामा आईरहेको सहयोगले नै अहिलेसम्म सेवा गर्न पाईरहेको भन्दै उनले मन हुनेलाई सहयोग गर्न अपिल गरिन । सहयोग हस्तान्तरण पछि समहुका सचिव सञ्जय लम्सालले साथीभाई समुहले विगतमा पनि सामाजिक कार्य गर्दै आईरहेको र भावी दिनमा पनि यी र यस्ता गतिविधी गर्दै जाने बताए । केही समय अघिमात्रै साथीभाई समुहले रविभवनस्थित ‘आमाघर’मा विभिन्न समाग्रीसहित सहयोग गरेको थियो ।