दैनिक हजारौ गाडी गुड्ने राजमार्ग बन्यो कच्ची ! यसपाली दशैमा पनि नागढुंगा जामले सताउने निश्चित

Post Thumbnail

भाद्र २२,काठमाडौँ । नागढुंगा–नौविसे सडक खण्ड मुलुकको व्यस्त खण्ड मध्येको एक हो । यतिबेला फेरी यो खण्डमा सडक जाम बृद्धी भएको छ । सानो एउटा गाडी विग्रिएपनि त्यसलाई बनाउन वा गाडीलाई खुल्ला ठाँउसम्म पुर्याउन झण्डै एक घण्टा भन्दा बढी लाग्छ । कतिपय ठुला गाडीको हकमा त अझै बढी समय लाग्न सक्छ । लामो जामकै कारण सर्वसाधरण समयमा गञ्तव्यमा पुग्न सक्दैनन् । शनिबार बिहानपनि यो सडकमा लामै जाम थियो । सांघुरो मोडमा एक ट्रक बिग्रिएपछि जामले टायलघर छेडेको थियो यता झण्डै थानकोट क्रस गरेको थियो ।

पिच सडक कच्ची बनेपछि

यतिबेला नागढुंगा–नौविसे पक्की सडक कच्ची सडकको रुपमा परिवर्तन भएको छ । बर्षाको समयमा नागढुंगा नौविसे सडक सधै यस्तै रहेन गर्छ । बर्षैपिच्छे नागरिकले बर्षापछि यो सडकमा नियमित सास्ती व्यहोर्ने गर्दछन । सडकको दुवै लिक खाल्डो परेका छन । सडक विभागका कर्मचारीले सो लिकमा हालेको माटो र त्यसमा बर्षापछि हुने हिलोले एक त सडक कच्ची त बन्नै नै भयो त्यसमाथी पानी परेको बेला हुने हिलो र घाम लागेपछि हुने धुलोले सर्वसाधरण हैरान छन ।

दुर्घटना हुने डर

पछिल्लो समय सो सडकमा दुर्घटनाको दर पनि बढेको छ । सडक पुरै हिलाम्मे र धुलाम्मे भएपछि स–सना सवारी मोटरसाईकल,कार लगायतका सवारी उच्च जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । ट्राफिक कार्यालय नागढुंगाका अनुसार दैनिक दर्जन भन्दा बढी मोटरसाईकल चिप्लेर लड्ने गरेका छन । जसले ग र्दा मानविय र भौतिक क्षती हुने डर बढेको छ ।

यसपाली दशैमा पनि नागढुंगा–नौविसे जामले सताउने

अहिलेसम्म सडक मर्मतको कुनै तयारी नहुँदा र सडकको विकराल स्थती हेर्दा यसपाली मुख्य चाडवाड दशै तिहारमा सर्वसाधरणले कष्ट पाउने भएका छन । सडक विभागले अहिलेसम्म सडक मर्मततिर ध्यान नदिँदा झन अवस्था विकराल बन्ने देखिन्छ । नागढुंगा–नौविसे सडक खण्डमा दैनिक आधा दर्जन भन्दा सवारी विग्रिएर दुख दिने गर्दछ । पछिल्लो समय नागर्ढुगा ट्राफिक कार्यालयले सवारी तान्नकै लागी ल्याएको क्रेनले सवारी जाम घटाएको भएपनि मुख्य पर्वहरुमा सवारीको चाप बाक्लने र त्यही बेला सवारी विग्रिएर बसेपछि क्षणभरमै सवारीको लर्का लाग्ने गर्दछ । यो खण्ड छिचोल्न जाम भएको बेला १२ घण्टा भन्दा बढी समय लाग्ने गरेको तितो यथार्थ हामीसामु रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस