मानव कल्याण समाजलाई जनप्रतिनिधि र प्रहरीको साथ : रात्रीकालिन अवलोकनकनमा आठजना बेवारीसेको उद्दार

Post Thumbnail

भाद्र २९,काठमाडौँ । भक्तपुरमा सडक मानवको अवस्था अवलोकन गर्न प्रदेश सांसद, उपप्रमुख र प्रहरी प्रमुख एस पि को अग्रसरता मानवीय कल्याणको कार्यमा अघी बढ्दै बेवारीसे सडक मानवको सेवा गरिरहेको मानव कल्याण समाजले शुक्रबार बेलुका ९ बजेदेखी राती १२ बजेसम्म भक्तपुर जिल्लामा सडक मानवको अवस्था अवलोकन तथा उद्दार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम प्रदेश सभा सदस्य  प्रतिमा श्रेष्ठ र सुर्यबिनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेतको प्रमुख अभिभावकत्वमा सम्पन्न भएको हो । महानगरिय प्रहरी परिसरका प्रमुख साबिन श्रेष्ठ, वेभ ग्रुपका अध्यक्ष तथा हनुमंते नदी सफाईका अभियान्ता नरेश रन्जित, समाजसेवी बेद प्रशाद खरेल लगायत सेवा घरका अभियान्ताहरुको सकृया सहभागिता रहेको उक्त अवलोकनका बिच आठ जना बेवारीसेको उद्दार गरिएको छ भने दिनभरी भारी बोकेर राती पाटिमा सुत्ने करीव दश जनालाई परामर्श समेत प्रदान गरिएको छ ।

रात्रीकालिन समयमा यसरी खान र लाउन नपाएर सडकमा अलपत्र परेकाहरुलाई सेवा र उद्दार गर्न पाउदा फरक अनुभुती र आत्मशन्तुष्टी मिलेको प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले बताए भने यस्ता खालका कार्य सरकारी तहबाट नै हुनुपर्ने हो तर सरकारको आँखा पुग्न नसकेको ठाउमा मानव कल्याण समाज (सेवा घर)ले गरेको कार्यलाई उच्च प्रशंसा गरे।

सरकारी तहबाट हुन सक्ने सहयोगको लागि सदैव तयार रहने सूर्यबिनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेतले बताए । त्यसैगरी प्रहरी टिम र उद्दारको लागि भ्यान समेत साथमा नै लिएर उद्दार कार्यमा खटिएका महानगरिय प्रहरी परिसरका प्रमुख सबिन श्रेष्ठले यस्तो खालको मानवीय कार्यमा प्रहरी प्रशासनको तर्फबाट सदैव साथ रहने प्रतिवद्दता व्यक्त गरे ।

सडकमा बेवारीसे र अलपत्र मनिसहरुलाई दिउसो पहिचान गर्न अप्ठेरो हुने हुनाले रातिको समयमा अवलोकन उद्दार गर्ने गरेको सेवा घरकी सञ्चालिका सुमी मानवले बताए। सधैं जसो स्कुटर र मोटरसाइकलमा चार जना मात्र रात्रीकालिन सडक अवलोकनमा जाने गरेको तर यसपाली भने जनप्रतिनिधी र प्रहरी प्रशासनको साथमा रहेर सेवा गर्न पाउदा सेवा गर्ने थप उर्जा प्राप्त भएको सस्थाको सस्थापक सचिव बिजय कुमार पोख्रेलले बताए ।

हाल करीव ५० जना महिला, बालबालिका र ज्यष्ठ नागरिकहरुको सेवा गरिरहेको मानव कल्याण समाजले हरेक हप्तामा दुई दिन मन्दिर तथा पाटिहरुमा गएर सडक मानवको अवस्था अवलोकन गर्ने गरेको छ । मासिक रु ५०हजार घर भाडा तिरेर बेवारीसे सडक मानवहरुको खाना, नाना र छानाको व्यवस्थान गरिरहेको मानव कल्याण समाज नेपाली मात्रको साथ सहयोग र सहभागितामा सन्चालित रहेको छ । आगामी दिनमा यस्ता खालका उद्दारका कार्यहरुलाई निरन्तरता दिदै सिङ्गो भक्तपुर जिल्लालाई बेवारीसे सडक मानव मुक्त मानवीय सुन्दरताको जिल्ला बनाउने लक्ष्य सहित मानव कल्याण समाजले उद्दार गरेकाहरु मध्य ५० जनालाई औषधी उपचार पश्चात परिवार खोजी गरी पुनर्स्थापना समेत गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस