चितवनमा दुर्घटना हुँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ भाद्र ३१, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो ।

म्याजिक पल्टिँदा त्यसमा सवार चार घाइते भएकोमा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य तीन जना सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस