गोरखा केन्द्रबिन्दु भएर भूकम्प

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ आश्विन ४, शनिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए। भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस