अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा आइतबार राति ८ बजे एकजना युवक घाइते भएका छन् । राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको र उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस