सिसडोल-बन्चरेडाँडालाई किन ढाँट्यो काठमाडौँले ? मेयर आचार्य भन्छन-हामीलाई व्यवस्थापन चाहियो”

Post Thumbnail

आश्विन ६,धादिङ । धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापनको नाममा राजनिती हुन नहुने बताएका छन् । दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनिए पनि १४ वर्षदेखि फोहोर फाल्दै आइरहेकाले अब त्यहाँ फोहोर फाल्न दिने अवस्था नरहेको मेयर आचार्यको भनाई छ । काठमाडौले सिसडोल–बञ्चरेडाँडाका नागरिकलाई १४ बर्ष देखि ढाट्दै आईरहेको छ । कुनैदिन सुन्दर र हरियाली यो क्षेत्र अहिले विरुप,कहालीलाग्दो र दुर्गन्धित छ । जहाँ मानिस श्वास फेर्न पनि सक्ने अवस्था छैन ।

“१४ बर्षमा १४ हात पनि काम भएको छैन । हामीलाई पैसा हैन व्यवस्थापन चाहिएको छ” मेयर आचार्यले प्रश्न गर्दै भने, “१ करोड दिएर सँधै फोहोर फाल्न पाईने भए मैले डेढ करोड दिँदा धुनिबेशीको फोहोर काठमाण्डौँ लगेर फाल्न पाईन्छ त ?”
संघीय संसदको विकास तथा प्रविधि समितिले सरोकारवाला निकायसँग गरेको छलफलमा भाग लिँदै मेयर आचार्यले आश्वासन दिने तर कामै नगर्ने परिपाटी हुन नहुने बताए ।

धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य सँगै ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा , धुनिबेशी १ का वडा अध्यक्ष चन्द्र तामाङ, ककनी २ का वडाध्यक्ष केदार पौडेलले स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति हालसम्म कार्यान्वयनमा नआएको भन्दै काठमाडौंको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन नगर्न नदिने बताएका हुन् ।

यसैबिच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने काठमाडौंको फोहोर व्यवस्थापनको काम राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि राष्ट्रिय स्तरकै छलफल हुनुपर्ने बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस