असोज १६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बडादसैँका बेला पनि नियमितरूपमा फोहर सङ्कलन गर्ने भएको छ ।
फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो मर्मतको कार्य हाल रोकिए पनि बाटो खुला भएकाले पहिलो पटक सिसडोल दसैँको मुख्य दिनमा पनि खुला हुने भएको हो ।
दसैँको मुख्य दिन कर्मचारीलाई आलोपालो खटाएर र साँझ वा बिहानको समय मिलाएर फोहर उठाउने कामपाको योजना रहेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सङ्कलन भएको फोहरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पुर्याइनेछ ।
कामपाको फोहर सङ्कलनमा साझेदारी गर्दै आएका निजी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुले पनि नियमित फोहर उठाउने भएका छन् । गैसस महासङ्घका अध्यक्ष टीकाराम दाहाल भने, “विगतका वर्षहरुमा फूलपातीदेखि द्वादशीका दिनसम्म ल्यान्डफिल्ड साइट बन्द हुने गथ्र्यो, ती दिनमा हामीले पनि कर्मचारीलाई बिदा दिने गरेका थियौँ, यस वर्ष साइट सञ्चालन भए हामी पनि काम गर्छौँ ।” उता फोहरमैला व्यवस्थापन सङ्घ स्वमानका अध्यक्ष ध्रुव आचार्यको भनाई छ ।
दसैँको अवधिमध्ये फूलपाति र अष्टमीका दिन धेरै फोहर उत्पादन हुन्छ । शहरमा उत्पादन भएको फोहर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर सङ्कलन फोहर सिसडोल ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । विगत १३ वर्षदेखि कामपाले सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गर्दै आएको छ ।