खोलाले बगाएर बेपत्ता भएका परिवारको सदस्यलाई गाउँपालिकाद्वारा आर्थिक सहयोग

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ आश्विन १६, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । थाक्रे गाउँपालिकाले आग्रा खोलाले बगाएर बेपत्ता भएका परिवारको सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

थाक्रे गाउँपालिका वडा नं ३ का गोकुल गिरीको श्रीमती ठुलि कान्छी गिरि लाई बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले ८० हजार रुपैँयाको चेक हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी तथा सँघिय साँसद भुमि त्रिपाठीले गिरिलाई सहयोेग रकम प्रदान गरेका हुन् ।

रकम प्रदान पछि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले विपदमा परेका व्यक्तिलाई गाउँपलिकाले सहयोग गर्दै जाने पनि बताए । गत असार २८ गते थाक्रे गाउँपालिका वडा नं ३ मा आग्रा खोला तर्ने क्रममा गिरि बेपत्ता भएका थिए । लगातार केहि दिन स्थानिय, प्रहरी सहितको टोलीले उनको खोजी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस