आश्विन १७,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा मानव कल्याण समाज (सेवा घर)लाई आर्थिक तथा लत्ताकपडासहित सहयोग हस्तान्तरण गरेका छन । उनले भक्तपुरलाई वेवारिसे सडक मानवमुक्त बनाउने अभियान अन्तरगत विहिवार उक्त सस्थालाई सहयोग हस्तान्तरण गरेका हुन ।
भक्तपुरलाई सडक मानवमुक्त बनाउने मुख्य उद्देश्यका साथ चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेको उक्त सेवा घरलाई सांसद बस्नेतले आफ्नो तर्फबाट दशैं खर्च स्वरुप दश हजार, इजरायलमा बसोवास गर्ने नेपालीहरुको संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटीद्वारा उक्त सेवा घरलाई रु १ लाख ३५ हजारको चेक तथा नेकपाकी नेतृ तथा अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नंं. २ की अध्यक्ष हिरामाया शेर्पाले आवश्यकयीक लत्ताकपडासहितको सहयोग संस्थाकी संचालन सुमित्रा चौलागाईलाई हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा सडक मानवमुक्त बनाउने पहिलो अभियानकर्ता संस्थाको रुपमा मानव कल्याण सेवा घर भएको बताउँदै उक्त संस्थाले सडक मानवको सवालमा गरेका कार्यहरु अतुलनिय रहेको बताए । उनले भक्तपुरमा मानवताको विजारोपण मानव सेवा घरले नै गरेको उल्लेख गर्दै भक्तपुरलाई अब सडक मानवमुक्त जिल्ला घोषणा गर्न कुनै समस्या नहुने बताए।
संस्थाले विगत २६औं दिनदेखी नियमित रुपमा सडक मानवलाई प्रत्येक राती उद्धारका कार्यहरु गर्दै आइरहेको छ । केही महिनाभित्र नै सडक मानवमुक्त बनाउने लक्ष्यका साथ उक्त सेवा घरले आगामी २५ गते सामुहिक दशैंको टिका लगाउने कार्यक्रम समेत राखेको अध्यक्ष तथा संचालक चौलागाईले जानकारी गराईन ।
स्थापनाको करीव डेढ वर्षमा सेवा घरले भक्तपुर जिल्ला भित्रका १५० जनालाई उद्दार गरि पारीवारिक स्नेह सहितको सेवा र ६० जनालाई पारिवारिक पुनर्मिलन समेत गराइसकेकी छिन । ‘हुनेबाट सहयोग नहुनेलाई उपयोग’ भन्ने नारा सहित सेवा गरिरहेको मानव कल्याण समाजको सेवा नितान्त नेपालिहरुको साथ सहयोग र सहभागितामा सन्चालित छ । हाल मानव कल्याण समाजको सेवा घरले भक्तपुरको सडकमा रहेको करीव ९५ प्रतिशत बेवारिसे मानवहरुको उद्दार गरिसहेको छ र हाल सेवा घरमा ७० जनाले सेवा पाइरहेका छन ।