गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्धको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ आश्विन २०, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २०, चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस