आश्विन २१ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा सवारी दुर्घटनामा तीन जनाको मृत्युभएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै लु १ ज ४३२९ नम्वरकोे बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीका नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।
मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उनकी श्रीमति वर्ष ४६की श्यामकला खनाल रहेका प्रहरीको भनाई छ । एक जना मृतक पुरूषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जनाकारी दिए ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को विरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाईते भएका छन ।
घाईतेहरुमध्ये अनिता खनाल, विरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी, विन्दु खनाललाई सन्धिखर्क अस्पतालवाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । अन्य घाईतेहरूको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।